गुरुकुल भित्र प्रबेश गर्दा साथ समुन्नत मनोरम लाग्छ: साहित्यकार शर्मा
दाङ । नेपाल पत्रकार महासंघ दाङका संस्थापक अध्यक्ष तथा साहित्यकार नाराएण प्रसाद शर्माले गुरुकुल एकेडेमी भित्रको शैक्षिक बातावरण निकै राम्रो र मनोरम महसुस हुने बताएका छन् ।
घोराही उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको गुरुकुल ऐकेडेमीको कक्षा १०का बिद्यार्थीहरुको दीक्षान्त समारोह कार्यक्रमको उद्घाटन गदै उनले यस्तो बताएका हुन् । गुरुकुल एकेडेमीको ब्यबस्थापन मात्र नभई शैक्षिक वातावरण पनि निकै समुन्नत तथा मनोरम भएको बताए । बिद्यालयको नाम गुरुकुल एकेडेमीले नयाँ तथा पुना अभिभावकलाई समेत लोभ्याउने उनले बताए ।
त्यस्तै गुरुकुल शब्दले पुरानो उच्च संस्कृति अनुशासन निति नैतिकताको आधारमा बृद्धि गर्दै लैजाने पनि बताउदै यसै आधारमा बालबालिकाहरुको मनोविज्ञान बुझेर शिक्षण सिकाई गर्दा सिकाइ उपलब्धि प्रभावकारी हुन सक्ने उनले बताए । ‘विद्यार्थीहरुलाई दवाब दिएर सिकाइ उपलब्धी हुदैन ’ उनले भने । त्यसै अनुसार शिक्षण सिकाइ अगाडि बढाउन शिक्षकहरुलाइ उनले आग्रह समेत गरे । विद्यालयका विद्यार्थी सङ्ख्या बढाउनभन्दा पनि गुणस्तरीय शिक्षा दिन विद्यालयहरु लाग्नु पर्ने समेत उनले बताए ।
शिक्षासँगै विद्यार्थीहरुलाई संस्कार सिकाउन लाग्नु पर्ने भन्दै आगामी दिनमा पनि यसरी अगाडि बढ्नुपर्ने कार्यक्रमका बक्ताहरुले बताएका थिए । विद्यालयका प्रिन्सिपल डा. कृष्णराज डिसिले प्रविधिको प्रयोग गरेर शिक्षण सिकाइ अगाडि बढाइएको बताए । पुर्ण मानव श्रृजना गर्ने मुल ध्ययका साथ संचालनमा आएको गुरुकुल एकेडेमिले बिद्यार्थिहरुलाई दिइने शिक्षण सिकाईमा कुनै कमजोरी नहुने बताए । साथै कार्यक्रममा उपस्थित सबै अभिभावहरुलाई धन्यबाद समेत प्रदान गरे ।